नगद तथा गरगहना चोरी

नगद तथा  गरगहना चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–४ धुम्वाराही डेरा गरीबस्ने नुवाकोट बेलकोट नगरपालिका–८ घर भएका ३१ वर्षीय विजयराज ढुंगानाकोकोठाबाट नगद, सुनतथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ९ लाख १० हजाररुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ ।

ललितपुर,ललितपुर महानगरपालिका–१३ कुसुन्ती बस्ने भुवानन्द भट्टराईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ । 

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।