आफ्नै पेटमा गोली हान्दा  एक प्रहरी गम्भीर घाइते

आफ्नै पेटमा गोली हान्दा  एक प्रहरी गम्भीर घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७६

सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुनुभएको छ ।

प्रहरी उपरीक्षक रञ्जु सिग्देलका अनुसार घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।  ‘रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ’,  प्रहरी उपरीक्षक सिग्देलल भन्नुभयो । के कारणले गोली हाने भनेर कारण  खुल्न भने सकेको छैन ।