राधा कणेलको गजल

राधा कणेलको गजल

राधा कणेल  |  साहित्य  |  फाल्गुन ३, २०७६

लेखेर नाम आफ्नै मेट्ने हजार हुन्छन्
हो जिन्दगी त यात्रा भेट्ने हजार हुन्छन्

गल्ती गरेर आफैँ भाग्नेहरू त खाली
साँच्चै लुकेँ म भन्छन् देख्ने हजार हुन्छन्

लौ हाेसियार चेली बुझ्नू कुरा यहाँको
साधू बनेर बाटो छेक्ने हजार हुन्छन्

संसार यो छ स्वार्थी के नै छ हेर्न बाँकी
काखमै बसेर घाँटी रेट्ने हजार हुन्छन् ।