खुकुरी प्रहार गर्ने २५ वर्षीय राई पक्राउ

खुकुरी प्रहार  गर्ने  २५ वर्षीय राई पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ४, २०७६

सुनसरी । धरान उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय शुभराज राई समेत तीन जनालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका–१९ बस्ने ताप्लेजुङ सिम्ले घर भएका २५ वर्षीय मिलन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
शुभराज राई समेत तीन जनालाई मिलन राईले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट घाइते भएकाहरुलाई उपचारको लागि घोपा अस्पताल धरान लगिएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।