आगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ४, २०७६

काठमाडौं । भोजपुर, राम प्रसाद राई गाउँपालिका–६ सिरिसे बस्ने ५० वर्षीय ऋषिकेश सार्कीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्ण रुपमा जलेर करिब ५ लाख ३६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

धनुषा, नगराईन नगरपालिका–७ बस्ने रामचन्द्र मण्डलको गोठमा आइतबार बिहान आगलागी हुँदा गोठ तथा ज.८ प ९१४३ नम्बरको मोटरसाइकल, साइकल २ थान र पानी तान्ने पम्प १ थान समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।