मणि लोहनीको 'मृत्युको अघिल्तिर' बजारमा

मणि लोहनीको 'मृत्युको अघिल्तिर' बजारमा

लोकसंवाद संवाददाता  |  साहित्य  |  फाल्गुन ५, २०७६

काठमाण्डौ ।  कवि तथा पत्रकार मणि लोहनीको नयाँ कविता संग्रह  'मृत्युको अघिल्तिर' प्रकाशित भएको छ ।

मानवीय सम्बन्ध र जीवन दर्शनलाई पहिल्याउने मणि पछिल्लो समय मृत्युपछिको महाशुन्यता र रहस्यमाथि कथा कविता लेखिरहनु  भएकाे छ ।  शिखा बुक्सले बजारमा ल्याएको कवितासंग्रहमा तीन खण्ड गरि फरक फरक विषयका ३२ कविता समावेश गरिएकाे छ । 

' १५ वर्षपछि कविता संग्रह आएको छ निकै उत्साहित भएको छु ।' लाेहनीले  भन्नु भएको ' प्रकाशकसFग सल्लाह गरि चाँडै बिमोचनको मिति तय गरिने छ ।' 

टेलिभिजन पत्रकारितामा सक्रिय मणिको पहिलो कविता संग्रह 'आन्दोलनले छट्पटाएका कलमहरु ' २०४९ सालमा प्रकाशित भएको थियाे  ।

त्यसयता उनी कथा, निवन्ध र कविताको क्षेत्रमा सक्रिय रहँदै आउनु भएकाे छ । उहाँका  कथा र कविताका गरी पाँचवटा कृति प्रकाशित छन् । वि.स. २०६१ सालमा प्रकाशित   'मलामी साँझ'  कविता संग्रहसंगै नेपाली कवितामा जवरजस्त उपस्थिति देखाएका उनका 'परास्त प्रेम' र 'निर्वस्त्र मन'  चर्चित कथा संग्रह रहेका छन् ।

भानुमोति पुरस्कार २०५८, सर्वोकृष्ट कथा पुरस्कार २०६३, युवावर्ष मोति पुरस्कार २०६८, शतिसचन्द्र रेग्मी अतुल स्मृति पुरस्कार २०६९, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४, बनिताश्री काव्य पुरस्कार २०७५ र संसाक कथा पुरस्कार २०७६ बाट सम्मानित मणि लाेहनीका केही कविता र कथा हिन्दी, अङ्ग्रेजी, बङ्गाली, जापानिज र कोरियन भाषामा प्रकाशित भएका छन् । 

चार वर्षअघिदेखि प्रकाशनमा सक्रिय शिखा बुक्सले अहिलेसम्म दुई सय कृति प्रकाशित गरिसकेको छ । ' मृत्युको अघिल्तिरु ले पाठकहरुको कविताको भोकलाई केही शान्त पार्ने विश्वास लिएको शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलले बताए । 'मृत्युको अघिल्तिर' कविता कृतिको मूल्य दुई सय रुपैयाँ रहेको छ ।