ब्राउन सुगर बाेकेकाे आशंकामा २ जना पक्राउ

ब्राउन सुगर बाेकेकाे  आशंकामा  २ जना पक्राउ

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ५, २०७६

सिरहा । गोलबजार नगरपालिका–७ चोहर्वाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सानो पोका ३० थान, मोबाइल ७ थान र नगद १५ हजार ९ सय ७५ रुपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण यादव र २० वर्षीय प्रवेश महतो रहेका छन् ।  ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले यादवले आफ्नै घरमा लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीसँगै रहेका महतोलाई समेत पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।