बदेलको मासु र एकनाल भरुवा बन्दुक बरामद

बदेलको मासु  र एकनाल भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ५, २०७६

कैलाली । गौरीगंगा नगरपालिका–६ दैधबारी बारवन साझेदारी सामुदायिक वनबाट प्रहरीले एकनाल भरुवा बन्दुक र बदेलको मासु  आइतबार बिहान बरामद गरेको छ । उक्त ठाउँमा भरुवा बन्दुक रहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उक्त मासु र भरुवा बन्दुक बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।