काठमाडौंमा धनमाल चोरी

काठमाडौंमा धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ५, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–३२ खहरे चोकस्थित सान पार्टी प्यालेसमा विवाहको लागि बुटवलबाट जन्ती आएकी ३५ वर्षीया  ओम कुमारी क्षेत्रीको करिब ३ लाख ६ हजार रुपैयाँ बराबरका सुनका विभिन्न गहनाहरु भएको ब्याग आइतबार राति चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका१८ बालकुमारी गोलढोका बस्ने राजन प्रजापतीको घरबाट आइतबार दिउँसो कोही नभएको अवस्थामा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरका सुनका विभिन्न गहनाहरु र नगद ४५ हजार रुपैयाँ समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।      

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।