कोरोना भाइरस संक्रमणले वुहान अस्पतालका निर्देशकको मृत्यु

कोरोना भाइरस संक्रमणले वुहान अस्पतालका निर्देशकको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  फाल्गुन ६, २०७६

काठमाडौं । कोरोना भाइरस संक्रमणले चीनीयाँ केन्द्रीय शहर वुहान अस्पतालका निर्देशकको मृत्यु भएको छ ।  भाइरसका कारण मृत्यु हुनेमा उनी दोस्रा डाक्टर हुन् । 

लिउ जिमिङ, वुहान वुचाङ अस्पतालका प्रमुख थिए । उनको मृत्यु मंगलबार स्थानीय समयअनुसार बिहान १०ः३० मा भएका बताइएको छ । हुबेई स्वास्थ्य आयोगको कम्युनिष्ट पार्टी प्रचार विभागले सामाजिक सञ्जालमार्फत लिउको मृत्यु भएको जानकारी दिएका छन् । 

भाइरसको अन्त्यका लागि लाखौं चिकित्सहरु संघर्ष गरिरहेका छन् । 

यसअघि भाइरसका कारण डाक्टर लि वेनलियाङको मृत्यु भएको थियो । लि वेनियाङ कोभिड १९ पत्ता लगाउने डाक्टर थिए । 

चीनमा कोभिड १९ बाट मृत्यृ हुनेको संख्या १ हजार ८ सय ७० पुगिसकेको छ भने भाइरसबाट संक्रमित हुनेको संख्या ७२ हजार ५ सय पुगेको पुष्टि भएको छ ।