छिमेकीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

छिमेकीलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ६, २०७६

झापा । छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा कमल गाउँपालिका–५ पानडाँडा बस्ने २३ वर्षीय राजु बिकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

मादक पदार्थ सेवन गरी छिमेकी २४ वर्षीय महेन्द्र दर्जीलाई बिकले छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दर्जीको एडभान्स अस्पताल हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।