छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ६, २०७६

काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

कास्की, पोखरा महानगरपालिका–१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३–०१–०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार स्याङ्जा विरुवा घर भएका २७ वर्षीय याम बहादुर मगरको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बारा, पचरौता नगरपालिका–८ ढोरापुल नजिक ना.२३ प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पचरौता नगरपालिका–८ बस्ने २२ वर्षीय बिजय यादव र मोटरसाइकलमा सवार ५५ वर्षीय रामेश्वर यादवको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको   हो । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।