राजधानीका विभिन्न स्थानबाट धनमाल चोरी

राजधानीका विभिन्न स्थानबाट धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ६, २०७६

काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोका नमूना चोक डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका राम गिरीको कोठाबाट नगद तथा सुनको विभिन्न गरगहना समेत गरी करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका–७ चावाहिल बुलबुले डेरा गरी बस्ने मोरङ पथरी घर भएकी भीमा तामाङको कोठाबाट नगद १ लाख र २ तोलाको सुनको औंठी समेत गरी करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ । 

यसैगरी काठमाडौं महानगरपालिका–३२ नरेफाँट डेरा गरी बस्ने दोलखा बैतेश्वर घर भएका रोहित प्रसाद लामाको कोठाबाट नगद तथा सुनको बिभिन्न गरगहना समेत गरी करिब ३ लाख २ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

सर्लाही, ईश्वरपुर नगरपालिका–६ बयलवासस्थित रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाबाट नगद ३ लाख २७ हजार रुपैयाँ सोमबार दिउँसो चोरी भएको छ । 

चोरीमा संलग्न फरार रहेका व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।