चीनबाट ल्याइएका नेपालीमा छैन समस्या: स्वास्थ्य मन्त्रालय

चीनबाट ल्याइएका नेपालीमा छैन समस्या: स्वास्थ्य मन्त्रालय

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ७, २०७६

काठमाडौं । चीनको हुबेई प्रान्तबाट ल्याइएका नेपालीमा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले सार्वनजिक गरेको रिपोर्टमा नोवेल कोरना भाइरस नेगेटिभ देखिएको हो । उनीहरुको नाक र घाँटी र नाकबाट स्याम्पल लिएर परीक्षण गरिएको थियो ।

चीनको हुबेई प्रान्तबाट गत आइतबार १७५ जना नेपालीलाई काठमाडौं ल्याइएको थियो । 

वुहानबाट उद्दार गरिएकाहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ । स्वास्थ्य जाँचपछि फेरि नेगेटिभ देखिएमा उनीहरुलाई आफ्नो घरमा जान दिइने छ ।

पछिल्लो २ महिना देखि चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसका कारण एकहजार भन्दा बढीको ज्यान गएको छ भने  हजारौंलाई संक्रमण भएको अनुमान गरिएको छ ।