सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य अहिलेसम्मकै उच्च

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ७, २०७६

काठमाडौं  । स्थानीय बजारमा सुनको मूल्य अहिलेसम्कै  सुनको भाउ हालसम्मकै उच्च भएको छ।  मंगलबार प्रतितोलाकै ७६ हजार ७ सय पुगेर नयाँ उचाइमा पुगेकोमा बुधबार फेरी बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ७७ हजार १ सय र तेजाबी सुन ७६ हजार ८ सय पुगेको छ। त्यस्तै चाँदी पनि प्रतितोला प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ। सुनको मूल्यमा यो अहिलेसम्मकै उच्च हो । 

मंगलबार छापावाल सुन ७६ हजार ७ सय र तेजाबी सुन ७६ हजार ४ सय तथा चाँदी ८ सय ९० रुपैयाँ प्रतितोला कारोबार भएको थियो। त्यस्तै सोमबार छापावाल सुन ७६ हजार ५ सय र तेजाबी सुन ७६ हजार २ सयमा कारोबार भएको थियो ।

यसअघि माघ १८ मा पहिलोपटक ७६ हजार ५ सयसम्म पुगे पनि पछि केही गिरावट आएको थियो।