शिवरात्रीमा पशुपतिमा चार लाइन हुने

शिवरात्रीमा पशुपतिमा चार लाइन हुने

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ७, २०७६

काठमाडौं ।  यस वर्षको शिवरात्रीलाइ व्यवस्थित गर्न चार लाइनको व्यवस्था गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी पश्चिम ढोका, उत्तरढोकाबाट एक एक लाइन र दक्षिण ढोकाबाट दुई लाइनको व्यवस्था गरिएको जानकारी गराएको हो । 

बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट तीलगंगा भएर –सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने कोषले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड– दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट १ लाइन, जयवागेश्वरी– इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था  गरिएको बताइएको छ ।

तीलगंगा राममन्दिरतर्फ समेत आवश्यकता अनुसार एउटा लाइन बनाउन सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।