मेगा बैंकले ग्राहककाे ५० हजारकाे मेडिकल र ७ लाखकाे दुर्घटना बिमा गरिदिने !

मेगा बैंकले ग्राहककाे  ५० हजारकाे  मेडिकल  र  ७ लाखकाे  दुर्घटना बिमा गरिदिने !

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ८, २०७६

मेगा बैंकले ल्यायो आकर्षक ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ योजना

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको  जनाएकाे छ । 

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुका लागि बैंकले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ को २०२० संस्करण ल्याएको हो । न्यूनतम १ हजार रुपैंया बचत हुनुपर्ने यस खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरेकाे समेत जनाएकाे छ  ।  यस योजनामा ग्राहकलाई ५० हजार रुपैंयासम्मको मेडिकल बिमा गरिएको छ भने ७ लाख रुपैंयाको दुर्घटना बिमाको व्यवस्था  गरेकाे जनाएकाे छ  । 

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो बर्ष निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको जनाएकाे  छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएकाे बैकले जानकारी दिएकाे  छ ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधायुक्त भएका कारण ग्राहकहरुले यस बचत योजनालाई अत्याधिक मन पराइदिने मेगा बैंकको विश्वास समेत व्यक्त्त गरेकाे जनाएकाे छ । 

 ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्नृ लागेकाे र  मेगा बैंकका देशभरका १ सय ११ वटै शाखाबाट यस योजना अन्तरगत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।