डिसहाेमले  कावासाेतीका सुदिप  र पाेखराकी बिनितालाई एकलाख नगद उपहार दिने

डिसहाेमले  कावासाेतीका  सुदिप  र  पाेखराकी बिनितालाई एकलाख नगद उपहार दिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ८, २०७६

काठमाडाैँ । डिशहोमकाे नयाँ कार्यक्रम   'डिसहाेममा  बिक्रेता दाईको छूट'   नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गतेसम्म रकम ट्रन्सफर बाट बार्षिक रुपमा  रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर प्रत्यक्ष लक्की ड्र  सम्पन्न गरेको  जनाएकाे छ ।

योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100  प्रसारण  समेत गरिएको थियो ।

पहिलो  प्रत्यक्ष लक्की ड्र   बाट बिजय हुनुभएका डिशहोमको सेटअप बक्सको CAS ID No  ०२५१९१०७४८४ कावाशोती, नवलपरासीका सुदिप मरासिनी  र )@%!(!!)^%), पोखरा कास्कीकी बिनिता गुरुङ्गलाई प्रति व्यक्ति रु. १,००,०००/– नगद उपहार प्रदान गरिने जनाएकाे छ ।

बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ । आउने प्रत्यक्ष लक्की ड्र  २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ ।

फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म फण्ड ट्रान्सफर त्चबलकाभच बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई ९ गतेकोप्रत्यक्ष लक्की ड्र मा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।