‘सेन्टी भाइरस’को भिडियो गीत सार्वजनिक (भिडियो सहित)

‘सेन्टी भाइरस’को भिडियो गीत सार्वजनिक (भिडियो सहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  फाल्गुन ८, २०७६

 
काठमाडौं । रामबाबु गुरुङ द्धारा निर्देशित चलचित्र ‘सेन्टी भाइरस’ को  ‘ए नि लै’बोलको गीत सार्वजनिक भएको छ ।

सुशान्त गौतमको गायन साथै उनकै संगीत पनि रहेको ‘ए नि लै’ बोलको गीत बुधबार सार्वजनिक भएको हो । हर्क साउदको शब्द रहेको सो गीतले चलचित्रमा रहेका पात्रको पीडा देखाउछ । चलचित्रमा कथावाचनको रुपमा यो गीतलाई प्रयोग गरिएको निर्देशक गुरुङले बताउनुभयाे । 
 
श्रीमान्–श्रीमति दुई फरक पार्टीमा लाग्दा परिवार भित्र उत्पन्न हुने झगडामा आधारित  ‘सेन्टी भाइरस’ चलचित्रको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ चलचित्रको मुख्य भूमिकामा रहेका छन् ।
 
चलचित्रमा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनयले भरिएकाे चलचित्र ‘सेन्टी भाइरस’ को आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गर्नुभएकाे हाे  ।
 
मल्टीप्लेक्सहरुमा राम्रो सोज पाएको  ‘सेन्टी भाइरस’ को बुधवारबाट एडभान्स बुकिङ खुल्ला भैसकेको छ । 

भिडियो यहाँ हेर्न सकिन्छ: