२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ८, २०७६

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–६ हात्तिगौडा डेरा गरी बस्ने झापा गौरीगञ्ज–१ घरभएका ३५ वर्षीय सुवास संग्रौला र ३३ वर्षीय बिशाल संग्रौलालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई विदेश पठाइदिन्छु भन्दै ललाई फकाई आफ्नै कोठामा लगेर जबरजस्ती करणी गरेको भन्नेखबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।