सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ८, २०७६

काठमाडौं । कैलाली, चितवन, सिरहा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । 

कैलाली,टिकापुर नगरपालिका–४ अस्नेहरी चोकमा बुधबार दिउँसो से.६ प५२०२ नम्बरको मोटरसाइकलले ठक्करदिंदा सोही ठाउँ बस्ने पैदलयात्री ८५ वर्षीया कलधरी रावलको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।

चितवन,भरतपुर महानगरपालिका–१९ तमुचोकमा प्रदेशनम्बर २–००३–००४ प ९४४० नम्बरको मोटरसाइकलबुधबार साँझ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमाठोक्किएरदुर्घटना हुँदा सोही महानगरपालिका–६ गितानगर बस्ने ३५ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएका उनको स्थानीय स्वास्थ्यचौकी रामपुरमा उपचारको क्रममा मृत्युभएको हो ।

सिरहा,सिरहा नगरपालिका–१ हटियास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले बुधबार साँझ ठक्कर दिंदा सोही ठाउँ बस्ने १८ वर्षीय नरेश सदाको मृत्यु भएको छ । दुर्घटनामागम्भीरघाइते भएका उनकोजिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङ, कटहरी गाउँपालिका–१ स्थित सडकमा को.२ त ६७३६ नम्बरको ट्याक्टर बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक ग्रामथान गाउँपालिका–५ तेतरिया बस्ने २४ वर्षीय युवराज भगतको मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।