गहना तथा नगद चोरी

गहना तथा नगद चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ८, २०७६

ललितपुर । महालक्ष्मी नगरपालिका–५ टिकाथलीस्थित गुन्जबहादुर देवकोटाको घरबाट कोही नभएको अवस्थामा सुनका बिभिन्न गहना र नगद २५ हजार रुपैयाँ समेत गरीकरिब ३ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।