महाशिवरात्रि र पशुपितनाथः सांस्कृतिक पर्वसँगै धार्मिक पर्यटनको केन्द्र बन्दै

महाशिवरात्रि र पशुपितनाथः सांस्कृतिक पर्वसँगै धार्मिक पर्यटनको केन्द्र बन्दै

शर्मिला खड्का  |  दृष्टिकोण  |  फाल्गुन ८, २०७६

नेपालमा महाशिवरात्रि पर्व प्राचीनकालदेखि नै  निकै महत्त्वका साथ मनाइँदै आएको छ । श्लेषमान्तक वन जस्तो पवित्र चरनभूमि, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको असापासको क्षेत्रमा  भक्तजनहरूको जनसागरका बीचमा मनाउने गरिएको छ । 

‘महाशिवरात्रि’का रूपमा मनाउने रूपमा बेला काठमाडौंको पशुपतिनाथमा मात्र होइन, सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्छ ।

परापूर्वकालदेखि निरन्तर रूपमा मनाउँदै आएको धार्मिक आस्थाको पर्व इशाको पहिलो शताब्दीतिर सुपुष्पदेव राजाको पालाबाट  सुरु भएको मानिन्छ ।

पशुपतिनाथको मन्दिरमा महाशिवरात्रि पर्व मनाउने प्रचलन र परम्परा पनि त्यति नै पुरानो हुन सक्ने जानकारले बताउने गरेका छन् । पछिल्लो समयमा २००७ सालअघि बाहिरी विश्वका लागि बन्द रहने पशुपतिनाथ मन्दिर महाशिवरात्रिको बेला मात्र खुल्ने गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकाल बताउनुहुन्छ । 

पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रमा तिनै विविधता हेर्न र तिनमा भिज्न सक्छन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्ने गर्छ । धेरैभन्दा धेरै भारतीय र अन्य देशका छिमेकी तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश–देशबीचको सम्बन्ध प्रगाढ र सुमधुर हुने र आर्थिक रूपमा पनि सहयोग पुग्छ । 

उहाँ भन्नुहुन्छ, ‘महाशिवरात्रिका बेला आठ दिन नेपाल खुल्ने गथ्र्यो । त्यहीबेला भारतीय र अन्य देशका हिन्दु तीर्थयात्रीहरू पशुपतिनाथको दर्शन गर्न आउने गर्थे । अहिले भने विश्वकै लागि  खुला भएपछि नेपालमा विदेशी आउने क्रम बढ्यो ।’

यस वर्षका लागि शिवरात्रिमा पासको व्यवस्था नभएको जानकारी उहाँले दिनुभयो । उहाँको भनाइ अनुसार पशुपतिको भित्री सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । मन्दिर दशर्नका लागि जुन ढोकाबाट गरिन्छ, त्यही ढोकाबाट फर्किने व्यवस्था गरिएको उहाँको भनाइ छ । 

संस्कृतिविद् डा. प्रदीप ढकाल महाशिवरात्रि  पर्वबाट आर्थिक लाभ हुने बताउनुहुन्छ । पशुपतिनाथको मन्दिरमा आइरहने भक्तजन, तीर्थयात्री तथा अन्य पर्यटकहरूले नेपालभित्र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विदेशी रकम भित्र्याइरहेका हुन्छन् । उनीहरूको दिनदिनै बढ्दो जनसंख्याले आर्थिक फाइदा हुने नै भयो । 

पशुपतिनाथको मन्दिरमा तीर्थयात्री, पर्यटकहरूको भेटी, दान दक्षिणा, दस्तुर जस्ता कुराले फाइदा पुर्‍याइरहेको हुन्छ । यो पशुपतिनाथको मन्दिरमा शिवरात्रिको समयमा करिव १० लाखभन्दा बढी तीर्थालु भित्रिने अनुमान गरिएको छ । उनीहरूमध्ये भारत, मलेसिया, इन्डोनेसिया, मरिसस र अन्य थुप्रै देशबाट आउने अनुमान गरिएको छ । महाशिवरात्रिको अवसरमा मन्दिरमा कति भेटी चढाइन्छ भन्ने स्पष्ट छैन । 

बर्सेनि करोडौँ रुपैयाँ नगद र सुनचाँदी जस्ता बहुमूल्य धातु भक्तजनहरूले चढाउने गरेको ढकाल बताउनुहुन्छ । नेपालमा पशुपतिनाथ मन्दिर मात्र होइन, अन्य मठमन्दिरमा पनि यात्रीहरू आकर्षित हुने गरेका छन् । नेपालमा यात्रीहरूको बसाइ लम्ब्याउन सकिन्छ । 

उहाँका अनुसार हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शिवरात्रिमा विगतमा हुने सबै कमी कमजोरी गुनासोरहित बनाउन कोषका कर्मचारीलाई निर्देशन दिएको ढकालले बताउनुभयो ।

राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिको दर्शन गर्न जाने जानकारी उहाँले गराउनुभयो । पशुपति क्षेत्रमा सरसफाइ, शौचालय, खानेपानी र सुरक्षा जस्ता सबै विषयमा गहन ढंगले काम गर्न निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

शिवरात्रिको समयमा पशुपति क्षेत्रमा मासु, मदिरा तथा धुम्रपान पूर्ण रूपमा निषेध गरिएको जानकारीसमेत उहााले गराउनुभयो ।

सुरक्षा व्यवस्थालाई प्राथमिकता दिँदै पाँच हजार प्रहरी परिचालन गरिने डीआईजी विश्वराज पोख्रेलले बताउनुभयो । फागुन ९ गते महाशिवरात्रि व्यवस्थित गर्न सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापासहित संलग्नतामा ११ उपसमिति बनाइएको छ । 

पशुपतिनाथ मन्दिर हिन्दुहरूका लागि पुग्नै पर्ने तीर्थस्थल हो । शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुन्छ भनिन्छ । शिवरात्रिका दिन ठूला साना शिव मन्दिरहरूमा धुमधामसँग श्रद्धाभाव व्यक्त गर्ने परम्परा रहेको छ । 

शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्छ । 

ढकालका विचारमा पशुपतिको दर्शन गर्ने तीर्थालुहरूलाई मानवमा हुने पशुको गुणबाट मुक्त हुन सहयोग पुग्छ । पशुपतिनाथमा पूजा र दर्शन गर्नाले धेरै लाभ मिल्ने हिन्दु धमार्वलम्बीहरूको विश्वास रहँदै आएको छ । 

संसारभरका मानिसहरू अहिले आध्यात्मिक सत्य ज्ञानको खोजीमा लागिपरेका छन् । महाशिवरात्रि पर्वमार्फत् पशुपतिनाथलाई विश्वकै आध्यात्मिक मुख्य केन्द्रको रूपमा विकास गर्न सकिने प्रशस्त संभावना छ । धेरैभन्दा धेरै मानिसलाई पशुपतिनाथको दर्शन, भ्रमण गर्न आकर्षित गर्न सक्ने ठाउँ छ । 

पशुपतिमा विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन, भ्रमणका लागि आउने गर्छन् र फकर्ने क्रममा उनीहरूलाई पशुपति विकास कोषले दक्षिणा, भेटीसहित औपचारिक रूपमा बिदा गर्ने चलन पनि छ । 

आर्थिक र आध्यात्मिक लाभ महाशिवरात्रि पर्वसँग मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्षसँग पनि गाँसिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र एउटा खुला संग्रहालय जस्तो पनि छ । वागमती नदी किनारमा अवस्थित पशुपति क्षेत्रमा प्राकृतिक सौन्दर्य हराभरा एवं सांस्कृतिक विविधताहरू देख्न सकिन्छ । 

पशुपतिनाथको भ्रमणमा आउने तीर्थालु वा पर्यटकहरूले पशुपति क्षेत्रमा तिनै विविधता हेर्न र तिनमा भिज्न सक्छन् । विदेशी तीर्थालु र पर्यटकको आगमनले सांस्कृतिक आदानप्रदानमा सहयोग पुग्ने गर्छ । धेरैभन्दा धेरै भारतीय र अन्य देशका छिमेकी तीर्थालु पशुपति क्षेत्रमा आकर्षित गर्न सकियो भने देश–देशबीचको सम्बन्ध प्रगाढ र सुमधुर हुने र आर्थिक रूपमा पनि सहयोग पुग्छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्दा पशुपतिनाथको मन्दिरको दर्शन गरेपछि पशुपतिनाथ आउने भारतीय तीर्थालुहरूको संख्या बढिरहेको थियो । भारतीय तीर्थालु आउने क्रम महाशिवरात्रि पर्वमा मात्र सीमित छैन, उनीहरू वर्षैभर पशुपतिनाथको भ्रमणमा आउने गर्छन् ।