अवैध कुखुराको चल्लासहित ट्रक नियन्त्रणमा

अवैध कुखुराको चल्लासहित ट्रक नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन ९, २०७६

लहान । अवैध कुखुराको चल्लासहितको मिनीट्रकलाई प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

गए राति गोलबजार नगरपालिका–४ बाट करिब एक लाख ४१ हजार १२० रुपैयाँ मूल्य बराबरको करिब दुई हजार अवैध चल्लासहितको ट्रक इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 

बा २ च ३५४१ नम्बरको मिनी ट्रकमा चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।