बहसमा गाँजा : लत, शिवरात्रि र उत्पादनदेखि बिक्री वितरणसम्म

बहसमा गाँजा : लत, शिवरात्रि र उत्पादनदेखि बिक्री वितरणसम्म

प्रा.डा.सुदर्शन नरसिंह प्रधान  |  दृष्टिकोण  |  फाल्गुन ९, २०७६

नेपाली समाजमा गाँजा खाने चलन परापूर्वकालदेखि नै चलेको पाइन्छ । धार्मिक मान्यताअनुसार पनि महादेवले विशेष अम्मलका रूपमा गाँजा, भाङ, धतुरो खाने गर्थे भन्ने गरिन्छ । 

हिन्दु धर्मावलम्बीहरूले गाँजा, भाङ, धतुरोलाई महादेवको प्रसाद अर्थात् ‘शिवजीको बुटी’ भनेर खाने चलन रहिआएको छ ।  हरेक वर्ष आउने महाशिवरात्रिका दिन महादेवको प्रसाद भनेर गाँजा, भाङ, धतुरो खाने चलन अद्यापि कायम छ ।  

यो हाम्रो परापूर्वकालदेखि नै चल्दै आएको कुरा हो । यसलाई हाम्रो हिन्दुशास्त्रमा सामान्य र धार्मिक विश्वाससँग जोडेर लिने र ग्रहण गर्ने गरिएको छ ।  

हाम्रो समाजमा गाँजालाई माहादेवको प्रसाद मात्र नभई साँच्चै भन्ने हो भने गाँजालाई औषधिका रूपमा लिने गरिन्छ । स्वास्थ विज्ञानले विकास गरेको औषधि खाँदा पनि एउटा ट्याब्लेट वा दुईवटा ट्याब्लेट खाने गर्छौं । ती औषधि पनि धेरै त खाँदैनौँ । धेरै खायौँ भने त्यसले पनि असर गर्ने गर्छ अथवा यसका पनि अनेकौँ ‘साइड इफेक्ट’ हुने गर्छन् । 

गाँजा पनि त्यस्तै हो । अलिकति औषधिका रूपमा खाने हो भने त्यसले काम गर्छ । यो एउटा पक्ष हो । गाँजालाई औषधिको रूपमा विकास गरेर लैजान सकियो भने र त्यसलाई ‘वाइल्ड कन्ट्रोल’मा  व्यवस्थापन गर्न जान्यो भने त्यो अति नै राम्रो हो तर त्यो गर्न सकिएन भने र जथाभावी प्रयोग गर्‍यो भने त्यसले समाजमा समस्या निम्त्याउँछ । 

जुन परिप्रेक्ष्यमा निर्बाध गाँजाको बिक्री र वितरण गर्ने बहसले स्थान पाइरहेको छ । त्यो त्यति राम्रो कुरो हो भन्ने लाग्दैन । तर,  राज्यले ‘इन क्लोज सुपरभिजन’मा राखेर राज्यले एकदमै कहाँ जाने ? कता जाने ? त्यसका सबै लागतहरू राखेर सबै परिप्रेक्ष्य मिलाएर गर्न सक्यो भने मात्र त्यो राम्रो हुन्छ । तर, यसमा राज्य चुक्यो, अलिकति पनि यताउता भयो भने त्यसले समस्या हुन्छ । 

हाम्रो समाजमा गाँजाको सही उपयोग गर्न नसकेका कारण, परंपरागत रूपमा औषधिका रूपमा उपयोग भएको गाँजालाई समस्याका रूपमा लिनेदेखि ‘गाँजा लत’मा परिणत भइदिँदा घरपरिवार र सामाजिक समस्याका रूपमा लिनुपर्ने अवस्था सिर्जना भएको छ । 

गाँजा खाने वा लतको रूपमा हेर्ने हो भने एउटा त साथीहरूको लहैलहैमा लागेर नै सुरु गरेका पाइन्छ । गाँजा खानुभन्दा अगाडिको ‘गेटवेय सब्स्टाइन्स’ हेर्दाखेरि चुरोट खाने गरेको मान्छे नै गाँजामा पुग्ने गरेको पाइन्छ । 

चुरोटै नखाने मान्छे गाँजामा जाँदैन, त्यसैले चुरोटबाट नै सुरु हुने गरेको देखिन्छ गाँजा खाने कुरा । चुरोटको नशाले नपुगेर विस्तारै माथितिर जाँदा गाँजाको लत लाग्ने, झुम्म हुन खोज्ने हुन्छ । त्यो ‘पार्ट’मा आएका कारण मानिसले नियमित खान थाल्छ । र, प्रायजसो गाँजा साथीहरूको लहैलहैमा नै गएर खाने हुन्छ । 

चुरोटमा गाँजा र सुर्ती मिसाएर खाने र अर्को चिलिममा राखेर आगो बालेर खाने चलन रहिआएको पाइन्छ । यसरी गाँजाको सेवनले उसलाई आँट आएको, हिम्मत आएको जस्तो भान र भ्रम हुन्छ । त्यो विस्तारै लतमा परिणत हुन पुग्छ । 

नेपाली समाजमा पहिला पहिला सजिलै र सहज रूपमा पाउने गथ्र्यो गाँजा । सन् १९७०/८० को दशकमा त गाँजा पसलहरूमा सहजै पाउने गथ्र्यो । पछि त्यसलाई राज्यले बन्देज  लगायो अथवा प्रतिबन्धित वस्तुका रूपमा लिन थालियो ।  

त्यसले धेरै समस्याहरू निकाल्यो भनियो तर हामीले मनोविद्का रूपमा हेर्ने हो भने पनि गाँजालाई त्यसरी सहज रूपमा पाउने वस्तुका रूपमा राख्ने हो भने त्यसले धेरै नै मानसिक समस्याहरू निम्त्याउन सक्छ । यो त पक्कै पनि हो ।

यसलाई यसरी पनि हेर्न सकिन्छ । अल्कोहल खाँदा गन्ध आउने समस्या हुन्छ तर यसको गन्ध नआउने हुन्छ । यो खाँदाखेरि गन्ध आए पनि स्वासमा गन्ध आउने भएन । त्यस कारणले गाँजा खाएर आएको हो भन्ने कुरा सुरु, सुरुमा देखिँदैन । तर, गाँजा खाएर आएको हो भन्ने प्रमाण उसको आँखाबाट मात्र थाहा पाउन सकिन्छ । 

आँखा पल्टिने, रातो–रातो भइराख्ने जस्तो समस्या देखियो भने मत्र उसले गाँजा खाएको हो भन्ने कुरा थाहा पाउन सकिन्छ । गाँजाले गर्दा प्रायजसो किशोरहरूले खाएको देखेको छु । मैले देखेको कुरामा के भने उसको यौन क्षमता बढाउनका लागि खाने गरेको पाइन्छ । उसको गाँजा खाने एउटा कारण त्यो पनि भएको पाइन्छ । 

अर्को कारण भनेको साथीहरूको लहलहैमा सँगै बसेर खाने त्यो दोस्रो कारण हो । धार्मिक आस्था र विश्वासहरूमा गाँजा खानुहुन्छ भनेर खुवाउन थालेको विषय नै पछि लतमा परिणत हुने गर्छ । साथै शिवरात्रिमा लड्डुमा भाङ मिसाएर खुवाउने, थाहा नै नपाई लुकाएर खुवाइदिने चलन छ । त्यो खानामा मिसाएर खाने अर्को पक्ष छ । 

प्रायजसो गाँजालाई हामीले लिने बेलामा ‘शिवजीको बुटी हो, राम्रो हो’ भन्ने कुराहरू मात्र सिकाइ रहेका छौँ । यो चिज राम्रो त पक्कै पनि होइन किनभने लागुऔषधको पक्षबाट हेर्‍यो भने  ‘एरेस्टेटिक एजेन्ट’हरू बनाउँदाखेरि गाँजाको प्रयोग हुँदा  निश्चितै रूपमा औषधिको काम हुन्छ । यसमा कुनै पनि शंका गर्ने ठाउँ छैन । त्यही कारण नै सरकारले नै एकदम ‘कन्ट्रोल’ राख्ने नीति लिएको हो । 

गाँजा खेती भनेको त जहाँ पनि र तुरुन्तै गर्न सकिन्छ । एउटा मानिससँग जग्गा, जमिन भयो भने बाहिर चारैतिर मकै लगाएर बीचमा गाँजाको खेतीसमेत गर्न सकिने विषय हो । यसले धेरै आम्दानी पनि हुन्छ । छिटोछिटो उम्रिन्छ पनि । त्यसले गर्दा उसलाई सहज धेरै आम्दानी पनि गर्न सक्छ । तर, त्यसले स्वास्थ्यमा नकारात्मक असर भने गरिरहेको हुन्छ ।

वास्तवमा अधिक गाँजा सेवनले मानसिक समस्या निम्त्याउने बढी नै समस्या देखिन्छ । कस्तो खालको समस्या आउँछ भने ‘स्किजोफेनिया’ भन्ने एउटा कडाभन्दा कडा मानसिक रोग लाग्न सक्छ । त्यो रोग निम्त्याउन सक्ने संभावना बढी नै हुन्छ ।

अहिलेको जुन परिप्रेक्ष्यमा निर्बाध गाँजाको बिक्री र वितरण गर्ने बहसले स्थान पाइरहेको छ । त्यो त्यति राम्रो कुरो हो भन्ने लाग्दैन । तर,  राज्यले ‘इन क्लोज सुपरभिजन’मा राखेर राज्यले एकदमै कहाँ जाने ? कता जाने ? त्यसका सबै लागतहरू राखेर सबै परिप्रेक्ष्य मिलाएर गर्न सक्यो भने मात्र त्यो राम्रो हुन्छ । तर, यसमा राज्य चुक्यो, अलिकति पनि यताउता भयो भने त्यसले समस्या हुन्छ । 

अहिले जहाँ पनि गाँजा पाउने भयो भने चोरेर लैजाने, फेरि त्यसको मार्केटिङ गर्ने संभावना नेपालमा एकदमै देखिन्छ । त्यसैले गर्दा यो उपचारका लागि र औषधिका लागि गर्ने हो भने त्यो राम्रो हो । यस विषयलाई नकारात्मक पक्षबाट मात्रै हेरिनुहुँदैन । 

यसलाई ‘अलाउड’ नै गर्न मिल्छ कि मिल्दैन ? भनेर भन्नु  भन्दा पनि त्यसलाई ‘मनिटरिङ’ कतिको गर्न सकिन्छ, त्यसमा भरपर्ने कुरा हो । त्यो सबै कुरा सरकारले कतिको गर्न सक्छ भन्ने हो । तर, बजारमा नै बेच्न मिल्नेगरी खुला भने गरिनुहुँदैन । औषधिका लागि नै बेच्ने हो भने सरकारले ‘वेल कन्ट्रोल’मा गर्न सकियो भने मात्र राम्रो हुन्छ । सरकारले ‘वेल कन्ट्रोल’  गर्न सकेन भने र बाहिर कतैतिर पर्‍यो भने साह्रै गाह्रो हुन्छ ।

विश्व बजारमा लागुऔषधमा त्यत्रो ‘कन्ट्रोल’ गरिरहेको देखिन्छ तर खै त ‘लागुऔषध’को कन्ट्रोल भएको ? यसबारेमा त अहिले पनि हेर्ने हो भने लागुऔषधहरूमा सरकारले प्रतिबन्ध लगाइरहेको छ । तीती लागुऔषधहरू त अहिले पनि खुला बजारहरूमा पाइन्छ । त्यो त प्रतिबन्ध गर्न सकिरहेको अवस्था छैन भने गाँजालाई गर्न सक्छ भन्ने कुरा के ग्यारेन्टी ?

त्यसले गर्दा यो चिजका लागि पहिला सरकार ‘स्ट्रङ’ हुन सक्नुपर्‍यो । त्यसपछि खुला वितरण गर्नका लागि पनि ‘वेल कन्ट्रोल’को रूपमा मात्र वितरण गर्न सक्ने कतिको अवस्था छ त ? 

अहिले पनि तपाईं हामीलाई जुनसुकै औषधि चाहियो भने पनि जहाँबाट पनि किन्न सकिन्छ विना डाक्टरको सिफारसि ।  त्यसैले गाँजालाई ‘वेल कन्ट्रोल’ कतिको गर्न सकिन्छ र ‘स्ट्रिक्ट’ कतिको बनाउन सकिन्छ ? त्यस आधारमा मात्र गाँजाको उत्पादन, बिक्री वितरण गर्नु सबैभन्दा राम्रो हुन्छ ।