बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन ९, २०७६

परासी । प्रहरीले गए राति छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको उद्धार गरेको छ ।

पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज जिल्लाको कटरी रोड कम्ताबजारबाट उनीहरुलाई सकुशल उद्धार गरेको हो । 

युवतीकी आमाको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको र घटनाको थप अनुसन्धान पनि चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
 
उद्धार गरिएका युवती नवलपरासी बर्दघाटका एकै घरका दिदीबहिनी हुन् । युवतीहरुलाई लैजाने राई थरकी महिलाले पसलमा राम्रो काम लगाइदिने भन्दै प्रलोभनमा देखाएर भारत लगेको र कोठामा बन्धक बनाई शारीरिक, मानसिक तथा आर्थिक यातना दिइ अर्केष्ट्रामा नाच्न लगाउने र घरमा आउनसमेत नदिएपछि उनीहरुले खबर गरेका थिए ।