भगवान शिव ! सभ्य र शान्त मात्र होइन, त्यति नै क्रोधी पनि थिए !!

भगवान शिव ! सभ्य र शान्त मात्र होइन, त्यति नै क्रोधी पनि थिए !!

इन्दु शर्मा  |  जीवनशैली  |  फाल्गुन ९, २०७६

भगवान शिव जति सभ्य र शान्त छन्, त्यति नै क्रोधी भएको बताउँदै  आएको हामी पाउँछौँ । शिवको व्यक्तित्वलाई  लिएर शिवका अनुयायीहरुले  'यदि बुझ्न खोज्याै‌ र बुझ्न सक्यौँ, भने जीवनको सत्यको धेरै नजिक पुग्न  सकिने ' बताउँदै  आएकाे पाउँदछाैं । महाशिवरात्रि पर्वकाे अवसरमा शिवको स्तुति गर्नुको साथै उनीबाट धेरै कुरा सिकेर प्रेरणा पनि लिन सिकने  विश्वास गर्ने गरिन्छ । 

ध्यान र नियन्त्रण गर्ने क्षमता

शिवका अनुयायीहरुले शिव भन्दा ठुलो कुनै पनि योगी  नभएकाे दावी गर्दछन् ।  भने जस्तो  जुनसुकै परिस्थितिमा पनि  आफूलाई पर राखेर भए पनि  शिवप्रति विश्वास राख्नु त्यति सजिलो  भने छैन् ।  जबजब महादेव  ध्यानमा बस्ने गर्दथे तबतब  दुनियाँ उथलपुथल भएकाे सन्दर्भ विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख गरेकाे पाउँछाैं ।धर्म ग्रन्थहरुका अनुसार  शिवको ध्यान कसैले भङ्ग गर्न  नसकेकाे अनेकाैं सन्दर्भहरु उल्लेख गरेकाे  पाइन्छ ।  त्यसै कारण, गुण र स्वनियन्त्रण गर्ने क्षमताका कारण नै शिवका रुपमा सबैले मान्दै आउनुका साथै  अनुयायीहरु जीवनको कुनै पनि चिज प्रति नियन्त्रण राख्ने क्षामताकाे  विकास गर्ने कलाकाे अनुसरण गरेकाे हामी पाउँछाे ।  

विष सेवन र नीलकण्ठकाे उपमा

शिवका  बारेमा अर्काे के मान्यता रहि आएकाे छ भने समुन्द्र मन्थनबाट जब विष बाहिर आयो, तब सबै देवताले पाइला पछाडि हटाए । किनकि विष कसैले पनि पिउन सक्दैनथे । यस्तो अवस्थामा शिवले आफू स्वयंले विष सेवन गरेर देखाएका थिए । त्यसैले शिवलाई नीलकण्ठ भन्ने  उपमा दिइएको थियो । यस घटनाबाट के शिक्षा लिएकाे पाइन्छ भने  'मानिसकाे जीवनमा आउने नकारात्मक चिजहरूलाई आफू भित्र  नै राखेर  बाहिर निस्केर सकारात्मकतालाई अङ्गाल्नु पर्छ' ।  

आफ्नाे खुशीकाे लागि जे पनि गर्न तयार 

शिवजीको जीवनशैली होस वा उनको अवतारको कुनै पनि रूप होस जुनसुकै रूपकाे  अलग अलग अर्थ लागाउने गरिएकाे पाइन्छ  । ताण्डव गर्ने नटराज, विष पिउने नीलकण्ठ, अर्धनारीश्वर, सबै भन्दा पहिला प्रसन्न हुने देवता र सही बाटो  देखाउने  भगवानका रुपमा शिवका अनुयायीहरुले लिने गरेकाे पाइन्छ ।    

 जुनसुकै कुरा सजिलोसँग अप्नाउन सक्ने

शिवले सम्पूर्ण रूप धारण गरी के सन्देश दिन खाेजेकाे देखिन्छ भने जुन चिजलाई आफ्नो आसपास देख्न पनि सक्दैनौ । तर त्यो कुरालाई उनले सजिलोसँग अपनाउन सहजै सक्ने व्यक्तित्व शिवकाे  रहेकाे चरित्र चित्रण गरेकाे पाउँछाै ।  विभिन्न धर्म ग्रन्थहरुमा उल्लेख भए अनुसार शिवकाे विवाहमा भूतहरूको मण्डल नै पुगेका थिए । त्यसैकाे प्रतिक स्वरुप  शिवले घाँटीमा सर्पको माला लगाएको हुन भन्ने विश्वास रहँदै आएकाे छ । 

आफ्नो प्राथमिकतामा अडिग 

शिवका बारेमा अन्य के पनि मान्यता राखेकाे पाइन्छ भने उनले संधै आफ्नो प्राथमिकताहरूलाई कहिलै पनि भुल्दैनथे । शिवले आफ्नी श्रीमतीसँगको प्रेम र सम्मानलाई सबैभन्दा माथि राख्नुको साथै आफ्ना साथीहरू अथवा भक्तहरूलाई पनि उचित स्थान दिने भगवानका रुपमा व्याख्या गरिदै आएकाे पाउँछाै  ।  त्यसै कारण शिवलाई देवता,असुर, दानव, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा आरधना गर्ने गरेकाे धार्मिक विश्वास रहि आएकाे पाउँदछाै‌ ।