सरकारी छाप कीर्ते गर्ने पक्राउ

सरकारी छाप कीर्ते गर्ने पक्राउ
सांकेतिक तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १७, २०७५

काठमाडौं । महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दस जोड दुईको विभिन्न प्रमाणपत्र नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

उनीहरूको साथबाट नक्कली प्रमाणपत्रसमेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाइएको महाशाखाले जनाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक मोहन थापाले उनीहरूको विषयमा आज जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान सुरु गर्न लागिएको जानकारी दिनुभएको खबर राससमा छ ।