त्रिशूली ट्रक खस्दा चालकको मृत्यु

त्रिशूली  ट्रक खस्दा चालकको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ११, २०७६

धादिङ । सिमेन्ट बोकेको ट्रक त्रिशूली नदीमा खस्दा ट्रक चालकको मृत्यु भएको छ ।

आइतबार बिहान ना ५ ख ३७७७ नम्बरको ट्रक त्रिशुलीमा खस्दा चालक बिखे थोकरको मृत्यु भएको र सहचालक राजेश विक घाइते भएका छन् ।

सिमेन्ट बोकेर काठमाडौं तर्फ जाँदै गरेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को ज्यामिरेघाटबाट त्रिशुली नदीमा खसेको ट्राफिक प्रहरी हवल्दार कूलबहादुर महतोले जानकारी दिनुभएको छ ।

ट्रक त्रिशूलीमा खस्दा घाइते भएका मकवानपुर भिमफेदी २ भैसेँका चालक थोकरको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते सहचालक विक भने उपचारपछि घर फर्किका छन् ।