१६ लाख परिवारको निःशुल्क स्वास्थ्य बीमा सरकारले गर्ने

१६ लाख परिवारको निःशुल्क स्वास्थ्य बीमा सरकारले गर्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन ११, २०७६

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनी रहेका १६ लाख घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा सरकारले गरिदिने बताउनुभएको छ ।

विश्व बैंकका अनुसार नेपालमा १८ प्रतिशत जनता चरम गरिबीको रेखामुनी रहेका नेपालीको एक लाखसम्मको बीमा शुल्क सरकारले तिरिदिने साथै एक लाख रुपैयाँको वार्षिक प्रिमियम ३५ सय रुपैयाँ पर्छ । सरकारले साढे १६ लाख गरिब परिवारको ५ अर्ब ७७ करोड रुपैयाँको प्रिमियम भुक्तानी गरिदिनेछ ।

यो कार्यक्रमले एकैपटकमा ७० देखि ७५ लाख नेपाली स्वास्थ बीमाको दायरामा आउने साथै उनीहरुको स्वास्थ्यमा सहज रुपले पहुँच पुग्ने अर्थमन्त्री खतिवडाका बताउनुभयो ।

देशभरका ४७ वटा जिल्लामा स्वास्थ बीमा बोर्डले स्वास्थ बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।