ग्याल्पो ल्होसार: नयाँ वर्षका लागि साझा उत्सर्गदेखि स्वभाव परीक्षणसम्म
फाल्गुन १२, २०७६

बौद्ध धर्मावलम्बीहरूले हरेक वर्ष मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । बौद्ध धर्मको महायानी सम्प्रदायमा साम्बोटा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रोअनुसारको तिथिमा नयाँ वर्ष अर्थात् ग्याल्पो ल्होसार मनाउने प्रचलन रहिआएको छ । 

नेपालमा ग्याल्पो ल्होसार मात्र होइन, अन्य समुदायले मनाउने सबै खालका ल्होसार मनाउने प्रचलन चिनियाँ सभ्यता तिब्बत हुँदै विकास भएको मानिन्छ । नेपालमा बसोवास गर्ने शेर्पा, गुरुङ र तामाङलगायतका समुदायले ल्होसार पर्वलाई धुमधामसँग मनाउने गरेको पाइन्छ । यी समुदायले नयाँ वर्षलाई एउटा मुख्य पर्वका रूपमा मनाउने गरेका छन् । 

यसरी मनाउने ल्होसारहरूमध्ये हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा र तमाङ समुदायले विशेषतः ग्याल्पो ल्होसारका रूपमा मनाउने गर्छन् । यस वर्षको नयाँ वर्ष तथा राष्ट्रिय महान् चार्डका रूपमा ‘च्याक् फो च्यिवा लो’  २१४७औँ ग्याल्पो ल्होसार मनाइँदै छ । शेर्पालगायत अन्य उच्च भूभागमा बसोवास गर्ने बौद्धमार्गी समुदायले ग्याल्पो ल्होसारलाई धुमधामसँग मनाउँदै आएका पाइन्छ । 

हिमाली भोटचन्द्र पात्रोअनुसारयो वर्षको ग्याल्पो ल्होसार पर्व फागुन १२ गते परेको छ । ल्होसार मनाउने समुदायले बौद्ध ज्योतिषशास्त्रमा उल्लेख भएअनुसार वर्षलाई ज्यिवा, लअङ्, ताग, योसर, डुग, डुल, त, लुग, ट्रेल, ख्यी, फगा अर्थात् बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, हुक, सर्प, घोडा, भेडा वर्षका रूपमा मनाउने चलन रहेको छ ।

देवलोक पुग्दा देवता र असुरहरूबीच लडाइँ भइरहेको थियो । तर, लडाइँमा देवताहरू असुरसँग पराजित हुन्छन् । त्यहीबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रुका माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । 

 

यसरी नयाँ वर्षको सुरुवात १२ वटा जीवजन्तुका नामका वर्षका रूपम लिने गरिन्छ । यो हरेका वर्ष परिवर्तन भइरहन्छ र एक वार्षभरलाई जनु जनावरको वर्ष हो, त्यही जनावरको वर्षको रूपमा पुकारिने गरिन्छ । 

उक्त १२ वर्ष समाप्त भएपछि उही नाम दोहोर्‍याएर वर्ष गणना गरिन्छ । जान लागेको पुरानो वर्षको बिदाई गर्नका लागि ल्होसार आउनुभन्दा २–३ दिन पहिलादेखि नै लामाहरूलाई आमन्त्रण गरी भव्य रूपमा धार्मिक विधिद्वारा पूजाआजा गर्ने  गरिन्छ । कतिपय ठाउँहरूमा लामा पढाएर घरको भित्ताहरूमा स्वस्तिक चिह्नहरू कोर्ने गरेको समेत पाइन्छ । 

यस पर्वमा विभिन्न नौ प्रकारका गेडागुडी अन्नको परिकार बनाएर एकअर्कालाई बोलाएर भोजका रूपमा खुवाउने गरिन्छ ।  संसारको शिर भाग अर्थात् हिमाल वरपर देश नेपालमा प्रकृति अनि गुम्बा, बौद्ध, घरलगायत मानवता अनि शान्तिको कामना गरिँदै घरको आँगन पाखा रङ्गीविरङ्गी झण्डा अनि ध्वजा पताकाहरू फहराउने, साङ्सेख्येम पितृ देवता बुझाउने परंपराका रूपमा रहेको छ । 

आफ्नो समूहका ठूलाबडा गुम्बा, बौद्ध, चैत्यको दर्शन गरी शुभआशीर्वाद दिने र लिने पर्वका रूपमा पनि लिने गरिन्छ । ग्याल्पो ल्होसारलाई हर्षका साथ हुने यो ग्याल्पो ल्होसार कुनै व्यक्ति विशेष भन्दा पनि एउटा साझा उत्सर्ग साटासाटका रूपमा लिने गरिन्छ । 

शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसारलाई विशेष महत्त्वका साथ मनाउने गर्छन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिनाअघि नै आआफ्नो घर रंग्याउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्छन् । ल्होसारको दिन नयाँ लुगा लगाउने, पानी धारामा गएर नागको पूजा गर्ने, त्यही धाराको पानी ल्याएर घरका देवतालाई चढाउने गरिन्छ । 

एकअर्काको घरमा गएर नाचगान गर्दै रमाइलो तरिकाले ल्होसार मनाउने गरिन्छ । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी अष्टमङ्गलका चिह्नहरूले घर सजाउने गर्छन् । हिमाली हावापानीको कुशल आँकलन गरेर ग्याल्पो ल्होसारका दिन उम्रिने गरी गहुँको बिउ छरिएको हुन्छ, जसलाई लोपुलु भनिन्छ ।

यसरी उम्रिएको गहुँको टुसालाई नयाँ वर्षको नयाँ बालीका रूपमा लिइन्छ । ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार, जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ, त्यसलाई गुथुकु भनिन्छ ।

आफ्नो मौलिक वेशाभुषामा उभिएर मीठोमीठो खानेकुराको परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एकआपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्छन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खानेबेलामा कसको गुथुकभित्र के पर्‍यो भनेर सबैले खोलेर हेर्छन्, जसमा सेतो कपडाको टुक्रा पर्‍यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपटी स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ने स्वभावको हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा रहेको छ ।

आँगन अनि घरको छत तथा गुम्बा अनि चैत्यहरूमा भएका पुराना ध्वजाहरूलाई हटाई ल्होसारका दिन नयाँ परिवर्तन गरिन्छ । हिमालका हावाहरूले मन्त्र लेखिएका यी कपडाका ध्वजाहरूलाई हल्लाउँदा एउटा अदभूत सङ्गीत भर्छ । यी झण्डाहरूले संसारभर शान्तिको एउटा अद्वितीय कामना अभिव्यक्त गर्छन् । लामो तलदेखि माथिसम्मको एउटै झण्डालाई दार्चोर भनिन्छ । लामा डोरीहरूमा ससाना चार कुने झुण्ड्याइएका झण्डाहरूलाई भने लगङ्ता भनिन्छ । तिब्बती भाषामा यसको अर्थ हवाईघोडा हो ।

शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरूले पनि हर्ष बढाइँ गरी यो ल्होसार चाड मान्छन् । ज्योतिषशास्त्रमा र भौगोलिक वस्तुस्थितिअनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ वर्ष लागेको हुन्छ । नयाँ वर्षको मतलव चन्द्र, सूर्य र अन्य ग्रह तथा नक्षत्रहरू दक्षिणतिर जाने क्रम सिद्धिएर उत्तरतिर फर्केका हुन्छन् । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे, देवदेवी र नाग नागिनी अनि कीरा, फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छाडेर अन्यत्र सरेर जान्छन् भनिएको छ । यस बेलामा भौतिक वस्तुस्थितिअनुसार वर्ष फिर्ने हुँदा ल्होसार मान्ने गरिएको हो । 

कथाअनुसार धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरूबीच लडाइँ भइरहेको थियो । तर, लडाइँमा देवताहरू असुरसँग पराजित हुन्छन् । त्यहीबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन भगवान इन्द्रुका माध्यमबाट विजय शक्ति मन्त्र अर्थात् ग्याल्जेन चेमु दिन्छन् । 

त्यही मन्त्रको प्रभावले देवताहरूले असुरहरूलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लगङ्ता घरघरमा टांग्ने प्रचलन सुरु भएको मानिन्छ ।

ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ तर दुवैको अर्थ भने एकै हो । ल्होसारका दिन नयाँ लुगा लगाउने र पानीका मुहानहरूमा गएर नाग देवताको पूजा गर्ने गरिन्छ । 

पूजा गरेपछि त्यहाँबाट ल्याइएको पानी घरका कुलदेवतालाई चढाउने गरिन्छ । यस अवसरमा मीठा मसिना खानेकुराहरू खाई नाचगान गर्दै रमाइलो गरिन्छ । यो चाड नेपालसहित चीन, मंगोलिया, बर्मा, भुटानलगायतका देशमा पनि मनाइन्छ । ग्याल्पो ल्होसार राष्ट्रिय पर्वको रूपमा मनाइन्छ ।

खाप्सेको स्वादझैँ गज्जब अनि ध्वजाहरू जस्तै शान्त र रङ्गीन हाम्रो जीवनमा शान्ति अनि सद्भावले यस वर्ष वास गरोस् ।