राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा ग्याल्पो ल्होसार पर्वको शुभकामना व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा ग्याल्पो ल्होसार पर्वको शुभकामना व्यक्त

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १२, २०७६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पाहरूले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे छ ।

ग्याल्पो ल्होसार नेपाली संस्कृतिकै एक महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ग्याल्पो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

यस पर्वमा समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।