गाडीको ठक्करबाट एक जनाको मृत्यु पश्चात बिपी राजमार्ग अवरुद्ध

गाडीको ठक्करबाट एक जनाको मृत्यु  पश्चात बिपी राजमार्ग अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७६

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् ।

गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।

ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचबाटोमा नै अलपत्र परेका छन ।