कालोझण्डा देखाउन खोज्ने ६ विद्यार्थी पक्राउ

कालोझण्डा देखाउन खोज्ने ६ विद्यार्थी  पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७६

कास्की । नेपाल कम्युनिस्ट पार्टी को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन र काँग्रेस निकट नेविसंघका कार्यकर्ताले कालोझण्डा देखाउन खोजेका थिए ।

उनीहरुले पोखरामा रहेको जनप्रिय क्याम्पस नजिकै नाराबाजी गर्दै प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन खोजेपछि प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा समाजवदीका विद्यार्थी युनियनका विशाल तिमिल्सिना, नेत्र चापागाईं लगायत ४ जना रहेका छन् । 

साथै (जिएमसी उपाध्यक्ष) नेविसंघ निकट भीरध्वज जङ्ग पौडेल र असिम पौडेल पनि पक्राउ परेको जानकारी भएको छ ।