स्टार हस्पिटल र रोटरी ईन्टरनेशनल बिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर

स्टार हस्पिटल र रोटरी ईन्टरनेशनल बिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  फाल्गुन १२, २०७६

काठमाडाैँ । स्टार हस्पिटल लि. सानेपा, ललितपुर र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२काे  सहकार्य गर्ने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

रोटरी दिवसका सहकार्य गर्ने सम्बन्धमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।

स्टार हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष किशोर कुमार महर्जन तथा प्रवन्ध निर्देशक डा. शैल रुपाखेती र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ तर्फबाट डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठ र डिस्ट्रीक्ट गभर्नर ईलेक्ट राजिव पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गर्नु भएको स्टार हस्पिटलले जनाएकाे छ । 

 कार्यक्रमलाई सम्बाेधन गर्दै डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पुर्‍याउने उद्देश्य अनुरुप स्टार हस्पिटलसँगको सहकार्य महत्वपूर्ण हुने बताउनु भएकाे थियाे ।

स्टार हस्पिटलका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले, रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ का सदस्य तथा सदस्यका  परिवारजनहरु लाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने तथा विभिन्न सामाजिक कार्यहरुमा दुवै संस्था सहकार्य गरि अघि बढ्ने सम्बन्धमा विभन्न बुँदाहरुमा केन्द्रीत रहि सम्झौता पत्रमा हस्ताक्षर भएको बताउनु भएको छ । रोटरी दिवसको अवसरमा, पाटन दरवार स्क्वायर संग्राहलय परिसरमा आयोजीत कार्यक्रममा रोटरीद्वारा इतिहासविद, सताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरीनुका साथै अस्पतालको तर्फबाट वहाँलाई निःशुल्क हेल्थ प्याकेज प्रदान गर्ने जानकारी  समेत  गराउनु भएकाे थियो । 

उक्त अवसरमा  स्टार स्पतालले जनरल फिजिसियन तथा हाडजोर्नी रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध गराउँदै आएकाे जानकारी दिएकाे थियो ।

स्टार हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, क्षेत्र र पेशामा आवद्ध जनसमुदायहरु सर्वशुलभ र उत्कृष्ठ स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई लक्षित गरी  यस किसिमका कार्यहरु गर्दै आईरहेको समेत जनाकारी गराएको छ ।