नेपाल लोकतान्त्रिक पार्टीद्वारा सरकार समक्ष ६ सूत्रीय माग प्रस्तुत (प्रगति प्रतिवेदनसहित)

नेपाल लोकतान्त्रिक पार्टीद्वारा सरकार समक्ष  ६ सूत्रीय माग प्रस्तुत  (प्रगति प्रतिवेदनसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १२, २०७६

काठमाडाैँ । नेपाल लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्य समितिको चौथो बैठक र मिति २०७६ फाल्गुण १२ गतेका दिन पार्टीको दोश्रो स्थापना दिवश पार्टी केन्द्रीय कार्यालय महाराजगञ्ज काठमाण्डौमा सम्पन्न भएको  पार्टीले  जनाएकाे छ ।

पार्टी महासचिव  देब बहादुर दुराले संचालन गरेको उक्त बैठकमा पार्टीका तर्फबाट उप–महासचिव नुनुराम चौधरीले बैठकमा उपस्थित पार्टीका सम्पूर्ण केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई स्वागतबाट शुरु भएको  बैठकमा केन्द्रीय अध्यक्ष  भानुराम डगौरा थारुबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने महासचिव देब बहादुर दुराबाट स्थायी समितिको बैठकको निर्णयहरुको अनुमोदन साथै पार्टीको प्रगति प्रतिवेदन र भावी कार्य योजना प्रस्तुत गर्नु भएको जनाइएकाे छ । 

 साथै  बैठकमा कोषाध्यक्ष ज्ञानेन्द्र निमा थोकरबाट पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो  भने  प्रदेशका प्रदेश समिति अध्यक्षहरुको प्रगति प्रतिवेदन, विभागीय प्रमुख तथा संयोजकहरुको प्रगति प्रतिवेदन प्रस्तुत समेत प्रस्तुत गरिएकाे जानकारी  दिइएकाे छ ।  
  सँथै पार्टीका सह–अध्यक्ष  गीता राणा क्षेत्रीबाट वर्तमान राजनीतिक परिवेशमा पार्टीको कार्यविधि र भावी आर्थिक निति सन्दर्भ र वरिष्ठ नेता  पूर्वमन्त्री शिवलाल थापाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा हाल भईरहेको समसामयिक राजनीतिक घटनाक्रम सन्दर्भमा प्रस्तुत गर्नुभएकाे प्रस्ताव पारित गरेकाे जनाएकाे छ । 

 बैठकमा पार्टी महासचिव  दे बहादुर दुराले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र भावी कार्य योजनाहरुको बुँदाहरु यसप्रकार रहेकाे जनाएकाे छ । 

विषय प्रवेश
नेपालको राजनीतिक परिवर्तनको लागि विभिन्न चरणमा नेपाली जनताले गरेको जनआन्दोलनको प्रतिफल स्वरुप नेपालको सविधान २०७२ निर्माण भई नेपाल एक लोकतान्त्रिक संघीय गणतन्त्रात्मक, धर्म निरपेक्ष राष्ट्रको रुपमा स्थापित भएको हो । विगतमा विभिन्न समयमा राज्यपक्ष र आन्दोलनकारी राजनीतिक दल तथा संघ संस्थाहरुसंग सहमति र सम्झौताहरु भएपनि सम्झौताहरुलाई मिचेर आफ्नो स्वार्थ अनुकुलको कानूनको निर्माण गर्ने परम्पराको कारण वर्तमान संविधानमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र केही हद सम्मको समानुपातिक समावेशी लगायत केही अधिकारहरुलाई सुनिश्चता गरिएको देखिएता पनि सबैले अपनत्व ग्रहण गर्ने खालको नभएको हुदा यो संविधान अपुरो र अधुरो रहेको छ भन्ने हाम्रो साझा धारणा रहेको छ । 

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमहरुलाई नियालेर हेर्ने हो भने बिगतको सामन्तवादी शासन पद्धतीको अवशेष अहिले पनि गणतान्त्रिक बिधानको वरीपरी घुमीरहेकोे छ । जसको परिणाम स्वरुप नेपालको शासकवर्गहरुले देशको बास्तविक वहुलराष्ट्रिय चरित्रलाई स्विकार्न नसक्दा पहिचान र सामथ्र्यको आधार राजनीतिको केन्द्रमा राष्ट्रिय सवाल बन्न सकेन र लोकतान्त्रिक संघीय गणतन्त्रात्मक मुलुकमा झन बढी सामन्तवादी शासन पद्धतीको ज्यादा प्रभावी भईरहेको छ । त्यसकारण भुगोलमा बसोबास गर्ने समुदायलाई चाहिएको पहिचान र सामथ्र्यको अधिकार भुगोलको नाममा वितरण गर्दै प्रदेशको नामाकरण हुदै आएको छ । 

नेपालको राजनीति सेवा होईन धन्दा भएको हुंदा धन आर्जनको निम्ति राज्यसत्ता कब्जा गर्ने पेशा बनेको छ । सत्तामा बस्ने जनप्रतिनिधिहरु जनताप्रति जवाफमुखी हुनुपर्नेमा रवाफमुखी बन्दै जनतालाई भन्दा सत्ता र पैसालाई केन्द्रीय भुमिकामा राखेर राज्य हांकीरहेको हुंदा राज्यको साधन स्रोतको दोहन गर्दै आफ्नो आसेपासेहरुको मात्र आर्थिक विकास हुने किसिमको नीति र कार्यक्रमहरु कार्यान्वयन गर्दै राज्यको ढुकुटी लुट्नमा नै व्यास्त छन् ।  तसर्थ देशमा व्याप्त संस्थागत र परम्परागत रुपमा फैलिएको भ्रष्टाचार राज्यको नियन्त्रण भन्दा बाहिर, राजनीति देखि लिएर सामाजिक, सांस्कृतिक, धार्मिक आदि विभिन्न क्षेत्र सम्म महामारीको रुपले बिकराल रुप लिई फैलिएको जलन्त उदारणको रुपमा वाइडवडी जहाज खरिद काण्ड, बालुवाटारको ललिता निवास जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ पे्रस खरिद गर्दा ७० करोड रुपैया कमिशनकको लागि सेटिङ मिलाएको अडियो रेर्कड काण्ड आदीलाई लिन सकिन्छ भने एमसीसी जस्ता घातक सम्झौतालाई अगाडी सारेर राष्ट्रको सार्वभौमिकता, स्वाभिमान, राष्ट्रिय सुरक्षा र अस्मितालाई समेत अर्काको हातमा सुम्पिन खोज्दै समृद्ध नेपाल र सुखी नेपालीको सपना देखीरहेका छन् शासकहरु ।   

साथै संविधानलाई कार्यान्वयन गर्ने वहानामा तेहोरो कर लगाएर राज्यले दुखी र गरीव नेपाली नागरिकहरुको बच्न पाउने अधिकारलाई समेत बन्चित गराउदै लगेको छ भने हाल देशमा व्याप्त सांगठनिक रुपले नै मौलाउदै आएको भ्रष्ट्रचारको चरमता, देश बिकासको बाधकको रुपमा रहेको महगी, कमिशनतन्त्र, विचौलिया, माफियतन्त्र, सेन्डीकेट आदी लगायत दिन प्रतिदिन बढदै गएको बलत्कार, हत्या, दुर्घटनाको कारण तहसनहस अबस्थामा रहेको नेपाल राष्ट्रको अस्मितालाई कायम राखीराख्नको लागि नेपालको वास्तविकतालाई आत्सात गर्न सक्ने र सदियौ कालदेखी यहाको उत्पिडित वर्ग र समुदायहरुले भोग्दै आईरहेको दुख पिडा वेदना र समस्याहरुलाई सम्बोधन गर्न सक्ने र विविधतायुक्त समाजको मर्मलाई बुझ्न सक्ने समावेशी समाजवादलाई मार्ग दर्शनको रुपमा अगाडी सारेर बैकल्पिक राष्ट्रिय राजनीतिक शक्तिको रुपमा आफुलाई स्थापित गर्ने लक्षका साथ र राष्ट्र निर्माणमा आफुलाई जिम्मेवार र परीपक्व रुपमा उभाएर राष्ट्रिय राजनीतिको मियो बन्ने उद्देश्यका साथ स्थापना भएको यस नेपाल लोकतान्त्रिक पार्टीको मिति २०७५ फाल्गुण ११ गते बसेको तेश्रो केन्द्रिय कार्य समितिको बैठक पछि हाल सम्म सम्पन्न भए गरेका प्रगति विवरणहरु साथै पार्टीको प्रस्तावित आगामी योजनाहरु यस प्रकार रहेको व्यहोरा अनुरोध गर्दै बैठकमा पेश गर्ने अनुमति चाहन्छु । 

 राजनीतिक एजेण्डाहरु:

क) नेपाल लोकतान्त्रिक पार्टीसंग विचार, सिद्धान्त र राजनीतिक मुद्धाहरुसंग सम्भवत मेल खाने  राजनीतिक पार्टीहरुलाई आमन्त्रण गरी अन्तर पार्टी छलफल कार्यक्रम तथा सर्वदलिय बैठकहरु गर्ने ।

ख) राज्यको तर्फबाट गर्दै आईरहेको शोषण, उत्पिडन, र विभेदका बिरुद्ध सर्घष गर्दै नेपाली जनताको हक अधिकार र पहिचानलाई स्थापित गर्नको लागि विभिन्न कार्यक्रम तथा आन्दोलनका कार्यक्रमहरु ल्याउने र अन्य दल तथा संघसंस्थाहरुले गरेको कार्यक्रमहरुमा सहभागी हुने ।

ग. पार्टीका सदस्यहरुलाई मुलुकको समसामयिक विषय लगायत पार्टीको कार्यविधि बारे प्रशिक्षण दिने ।

 बैठकमा प्रवेश पाएका विषयहरु

क) कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद मा. रेशमलाल चौधरी लगायत ११ जनालाई कैलाली जिल्ला अदालतले गरेको आजिवन कारावासको कैद संजायको विभेदकारी फैसला सन्दर्भ ।

ख) सरकारले सम्वत २०७५ चैत्र १ गते राजपत्रमा २०७६ सालभरिको पर्व एवम् दिईने बिदा सम्बन्धी सूचना प्रकाशन गर्दा एउटै नश्ल, जाति, भाषा, धर्म, संस्कृति र परम्परालाई मात्रै संरक्षण र संम्बद्र्धन गर्ने र अन्य जातजातिको सांस्कृतिक पहिचान, अस्तित्व र सभ्यतासंग जोडिएका पर्वहरूलाई वेवास्ता गरीएको सन्दर्भ ।

ग) स्थानीय सरकार संचालन ऐनले स्थानीय तहको कर्मचारीको पदपुर्ति प्रदेश लोक सेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुंदा हुंदै र संवैधानिक व्यवस्था अनुसार ४५ प्रतिशत कोटा आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएको व्यक्तिलाई उपलब्ध गराउनु पर्नेमा सो समेत प्रावधानलाई वेवास्ता गरेको सन्दर्भ । 

घ) वाइडवडी जहाज खरिद काण्ड, 

ङ) बालुवाटारको ललिता निवास जग्गा काण्ड, 

च) सेक्युरिटी प्रिन्टिङ पे्रस खरिद गर्दा ७० करोड रुपैया कमिशनकको लागि सेटिङ मिलाएको अडियो रेर्कड काण्ड

छ) नेपालको सीमाभित्र रहेको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रहरु भारत सरकारले प्रकाशित गरेको नया राजनीतिक नक्शाको सन्दर्भ र हाम्रो पार्टीको तर्फबाट नेपाल सरकार समक्ष देहाय बमोजिमको ६ सुत्रिय माग:

१. लिम्पियाधुराबाट भारतिय सेनालाई कूटनीतिक पहल गरी तुरुन्त हटाईयोस । 

२. नेपाली भूमीमा सीमा सुरक्षाको लागि सीमामा सुरक्षाबल राखियोस ।

३. नेपालको नक्शा तुरुन्त सार्वजनिक गरियोस । 

४. सीमा सम्बन्धि तथ्थगत ऐतिहासिक दस्तावेज सार्वजनिक गरियोस ।

५. भावी पुस्ताले सीमा सम्बन्धि विवादहरु कहिल्यै नभोग्ने गरी पूर्णरुपले समाधन गर्न सरकारले जिम्मेवारी लिई समस्याको समाधन गरियोस । 

६. सीमा सम्बन्धि समस्याहरुको समाधन गर्नको लागि सरकारको तर्फबाट उच्चस्तरीय आयोग गठन गरी प्रभावकारी कूटनीतिक पहल गरियोस ।  

पार्टीको संगठन निर्माण सम्बन्धि प्रस्तावहरु:

पार्टीको प्रदेश अध्यक्ष तथा संयोजकहरु र सम्बन्धित जिल्लाको केन्द्रिय पदाधिकारी तथा सदस्यहरु र गठन भएका जिल्ला समितिका अध्यक्षहरु वीच समन्वय गर्दै प्रदेश, जिल्ला, नगर, गाउ र वडा तह सम्मका पार्र्टी संगठनहरु गठन गर्न, साथै पार्टीको सिद्धान्त र नीतिसंग सहमत भातृ संगठन, पेशागत शुभेच्छुक संगठनहरु आदी निर्माण गर्न र पार्टीका सम्पूर्ण क्रियशिल सदस्यहरुलाई पार्टी संगठनको गतिविधिहरुमा क्रियशिल गराउनको लागि विशेष सांगठनिक अभियान संचालन गर्न देहाय बमोजिमको कार्य योजनाहरु तय गर्न प्रस्ताव पेश गर्दछु ।

क) २०७६ चैत्र मसान्त सम्म पार्टी संगठन निर्माण गर्नको लागि आबश्यक पर्ने राजनीतिक दस्तावेज तथा सामग्रीहरु जस्तै विधान, घोषणा पत्र, पार्टीको दर्शन, पार्टी संचालन नियमावली, पार्टीको आर्थिक नीति आदी तयार गर्ने र पार्टीको भावी कार्ययोजनाहरु कार्यन्वयन गर्नको लागि आर्थिक स्रोत जुटाउनको लागि अभियान संचालन गर्ने । 

ख) प्रथम चरणमा  २०७७ बैसाख १ गते देखी जेष्ठ मसान्त सम्म प्रदेश नं. १ र २ को जिल्लाहरुमा विशेष सांगठनिक अभियान संचालन गरी सम्भावित क्षेत्रहरुको पहिचान गर्दै बिभिन्न तहको समिति तथा भातृ संगठनहरु गठन गर्नुको साथै सम्बन्धित प्रदेशहरुमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गरी पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम मार्फत प्रशिक्षित गर्दै लैजाने ।

ग) २०७७ आसाढ १ गते देखी श्रावण मसान्त सम्म आवश्यकता अनुसारको विभिन्न केन्द्रिय विभाग तथा परिषदहरु, भातृ संगठन, पेशागत शुभेच्छुक संगठनहरु निर्माण गर्ने र केन्द्रीयस्तरका विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गरी पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम मार्फत प्रशिक्षित गर्दै लैजाने । 
 
घ) दोस्रो चरणमा  २०७७ भाद्र १ गते देखी असोज मसान्त सम्म प्रदेश नंं ३ र ४ को जिल्लाहरुमा विशेष सांगठनिक अभियान संचालन गरी सम्भावित क्षेत्रहरुको पहिचान गर्दै बिभिन्न तहको समिति तथा भातृ संगठनहरु गठन गर्नुको साथै सम्बन्धित प्रदेशहरुमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गरी पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम मार्फत प्रशिक्षित गर्दै लैजाने ।

घ) तेस्रो चरणमा  २०७७ असोज १ गते देखी मंसिर मसान्त सम्म प्रदेश नं. ५, ६ र ७ को जिल्लाहरुमा विशेष सांगठनिक अभियान संचालन गरी सम्भावित क्षेत्रहरुको पहिचान गर्दै बिभिन्न तहको समिति तथा भातृ संगठनहरु गठन गर्नुको साथै सम्बन्धित प्रदेशहरुमा विभिन्न प्रशिक्षण कार्यक्रमहरु संचालन गरी पार्टीका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम मार्फत प्रशिक्षित गर्दै लैजाने ।

ङ) २०७७ पौष १ गते देखी माघ मसान्त सम्म हरेक प्रदेशमा प्रदेशस्तरको आमसभा तथा पत्रकार सम्मेलन गरी पार्टीलाई मिडियावाजी गराउदै लैजाने साथै २०७७ फाल्गुण महिना भित्र काठमाण्डौमा केन्द्रियस्तरको बृहत आमसभाको आयोजना गर्ने ।
  
च) पार्टी विचार तथा तत्कालिन कार्यनीतिलाई अगाडी बढाउन सहयोग पुग्ने गरी आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय मुद्धाहरुलाई समेटेर आन्दोलन तथा संघर्षमूलक कार्यक्रमहरु गर्ने । साथै हाल थरुहट/थारुहान राष्ट्रिय मोर्चाले यही फाल्गुण १ गते देखि पहिचान सहितको १०+१ प्रदेशको स्थापना र टिकापुर घटनाका राजवन्दीहरुको रिहाई तथा मुद्धा खारेजीको माग सहित १४ बुंदे माग राखी शुरुवात गरेको आमरण अनसन र आन्दोलन प्रति नेपाल लोकतान्त्रिक पार्टीको नैतिक तथा भौतिक एक्यबद्धता जाहेर गरीएको छ ।  

छ) जनजिविकासंग सम्बन्धित प्रत्यक्ष सरोकार रहेका विभिन्न समसामयिक विषयलाई लिएर सरकारलाई ज्ञापन पत्र बुझाउने, प्रेस विज्ञप्ती प्रकाशन गर्ने, खवरदारी सभा गर्ने, प्रचार, पम्पलेट लगायत मुख्य मुख्य शहरहरुमा कोणसभा गर्ने ।

ज) राष्ट्रिय तथा अन्तराष्ट्रिय मित्रशक्तिको पहिचान गरी विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, कुटनितिक नियोगहरु, राजदुतावास, राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वहरुसंग सम्पर्क, समन्वय एंव सहकार्य गर्ने । 

झ) पार्टी संचालन तथा माथी उल्लेखित कार्यक्रमहरुलाई कार्यन्वयन पक्षबाट सफल पार्नको लागि राष्ट्रिय कोषको व्यवस्थापन गर्न जोडदार रुपले पहल गर्ने ।