ब्राउनसुगर र लागूऔषध सहित पक्राउ

ब्राउनसुगर र लागूऔषध सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १३, २०७६

बाँके । नेपालगंज उपमहानगरपालिका–१५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम र नियन्त्रित लागूऔषध नाईट्रोभेट १५ ट्याब्लेट सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय किरण सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतको रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेका ठकुरीलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारेको हो । 

यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।