भारतमा नेपाली कविको कविता

भारतमा नेपाली कविको कविता

अभय श्रेष्ठ  |  समाज  |  फाल्गुन १७, २०७५


  
भर्खरै भारतको राजस्थान राज्यको राजधानी जयपुरमा आयोजना गरिएको समानंतर साहित्य उत्सवमा नेपालका कवि र साहित्यकार पनि सहभागी भएका थिए । नेपाली कवि अभय श्र्रेष्ठका केही कविता  हिन्दीमा रुपान्तरित गरी जयपुरको पत्रपत्रिकामा प्रकाशित भए । गोली दागिएको  बालकको सम्झना शीर्षकमा लेखिएको कविताको हिन्दीमा भावानुवाद सहित मूल कविता पनि पाठकहरु समक्ष प्रस्तुत गरी रहेका छौं । 


गोली दागिएको  बालकको सम्झना

 

मैले फेरि इतिहासको जग
पातझैँ हल्लिरहेको देखेँ
जब फूलको पत्रदलझैँ
सुकसुकाउँदो बालक 
अचानक मारियो लोकतन्त्रको रङ्गभूमिमा ।

मातिहिँड्ने आँधीजस्तै
गोली त अन्धो थियो 
र, त लोकतन्त्रको काखमै
बालकको देब्रे छातीको मध्ये भागबाट
सोझै पार भएको थियो गोली ।

भर्खरै खलिहानबाट फर्किरहेको
बाबुको काँधमा मच्चिँदै
लाडे पल्टँदा
उसका गालामा धसिएको माटो र
हँसिला आँखामा छचल्किएको खुसी
अझै उस्तै थियो ।

केही क्षणअघि मात्र 
छिमेकी किशोरीका 
आँखाको इसारा सम्झेर
हावामा हल्लिरहने पातजस्तो
उसको चञ्चल चेहेरामा अझै
फुलिरहेथ्यो लालुपाते लाज ।

हटियाबाट फर्केकी
माईलाई भेट्न 
बाबुको हात छुटाएर दौँडँदाको चम्किलो खुसी
मेटिएको थिएन अझै उसको अनुहारबाट ।

फित्ताजस्तै तनक्क तन्केर    
शिथिल भएपछि उसका हातहरू
उठेका थिए सोझै आकाशतिर 
मानौँ सत्ताको क्रूरताविरुद्ध
सभ्यताको एउटा वास्तुकार
मृत्युपछि पनि गरिरहेको थियो सङ्घर्ष
जसरी थाहै नपाई मानिसहरू 
गरिरहेका हुन्छन् जीवनको लडाइँ ।

बालकको शवमाथि शिर झुकाएर
मृत्यु स्वयम् 
लेखिरहेको थियो आँसुले शोककाव्य । 

बादलको पर्दाभित्र छिरेर
घाम स्वयम् गरिरहेको थियो ब्लाकआउट ।

सिमलका कापहरूमा उभिएर
हावा स्वयम् गरिरहेको थियो मौन धारण ।

मैले अन्तिमपल्ट हेरेँ बालकको शव
उस्तै हँसिलो थियो अनुहार
उसैगरी उठेका थिए हात 
उसका आँखाहरूमा थियो 
हजार सूर्यको जस्तै एउटा वास्तुकारको तेज ।

त्यसपछि मैले देखिनँ अरू केही 
सिवाय, आँधीमा मकाएको बुढो सिमलझैँ
सभ्यताका किल्लाहरू हल्लिरहेका थिए ।

 


यसै कविताको हिन्दी अनुवाद 

गोली की भेंट चढ़ते बच्चे की याद 

एक बार फिर से मैंने, 
इतिहास कि बुनियाद पत्ते के मानिन्द हिलते देखी 
जब खुश्बूदार फूल के मानिंद 
एक सुकोमल बालक बलि चढ़ गया था 
लोकतंत्र की रंगभूमि में । 

पागल आंधी की तरह अंधी थी गोली, 
जो लोकतंत्र की कोख में, 
बालक की बांई छाती को चीरते हुए 
हो गई थी सीधे आरपार । 

बाजार से लौट रहे पिता के कंधे पर 
प्यार और लाड से मचल रहे उस के गाल में 
धंसी मिट्टी और आंखों में छलक रही खुशी 
अभी भी वैसे ही थी । 

थोड़ी ही देर पहले 
पड़ोस में रहने वाली किशोरी के 
आंखों के इशारे की याद 
उसके लजाते हुए चेहरे पर 
अभी भी दिखाई दे रही थी । 

हाट से लौटी मां को मिलने 
पिता का हाथ छुड़ाकर भागते हुए 
उसकी आंखों में खुशी की जो चमक 
अभी भी उसके चेहरे पर बरकरार थी । 

शिथिल होने के बाद 
उसके हाथ तने हुए थे फीते की तरह 
आकाश की ओर
मानो, क्रूर सत्ता के खिलाफ 
सभ्यता का एक वास्तुकार 
मृत्यु के बाद भी कर रहा था संघर्ष 
जैसे लोग अपने आप जिंदगी के लिए 
करते है लडाइँ । 

बालक के शव पर शिर झुकाकर 
मृत्यु स्वयं आंसुओं से लिख रही थी कविता 
बादल के परदे मे छिपकर धूप कर रही थी ब्लाकआउट । 

पेड़ों के तनों के बीच 
हवा किए हुए थी मौन धारण । 

आखिरी बार देखा मैंने बालक का शव, 
उसके चेहरे पर अभी भी वही मुस्कान थी 
वैसे ही तने हुए थे उसके हाथ 
सहस्र सूर्यों के तेज की मानिंद 
चमक रही थी उसकी आंखें । 

 इस के बाद मैने और कुछ नहीँ सिर्फ इतना देखा 
भीषण आँधी मे बुढे वृक्ष की तरह
सभ्यताओं के  किले हिल रहे थे ।

नेपाली से अनुवाद: कोशा गुरुङ