पर्वतमा पनि जुवाकाे खालबाट ६ जना पक्राउ

पर्वतमा  पनि जुवाकाे खालबाट  ६ जना  पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १३, २०७६

पर्वत । कुश्मा नगरपालिका–६ शिवालय चोकबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद ७६ हजार ९ सय ६५ रुपैयाँ, तास र जुवा खेल्न प्रयोग भएको कम्बल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा कुश्मा नगरपालिका–४ बस्नेहरु २७ वर्षीय पवन गुरुङ, ४० वर्षीया सुन कुमारी गुरुङ, सोही नगरपालिका–९ बस्ने ५५ वर्षीय गोबिन्द अधिकारी, सोही नगरपालिका–५ बस्ने ४८ वर्षीया कुशा गुरुङ, सोही नगरपालिका–६ बस्नेहरु ५५ वर्षीय धर्मराज गुरुङ र ३७ वर्षीया शान्ति गुरुङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।