आगलागीबाट धनमाल जलेर नष्ट

आगलागीबाट  धनमाल जलेर नष्ट

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १३, २०७६

काठमाडौं । सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घिसिङ टोल बस्ने ७० वर्षीय फुर्वा तामाङको घर र गोठमा सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

मोरङ, कानेपोखरी गाउँपालिका–२ सुकुम्बासी टोल बस्ने जमुना सुतियारको घरमा सोमबार दिउँसो आगलागी हुँदा करिब २ लाख ९४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही आगलागीबाट छिमेकी हरिलाल कर्मकारको घर समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

संखुवासभा, सभापोखरी गाउँपालिका२ आले बस्ने जय बहादुर पराजुलीको घरमा सोमबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरी थप अनुसन्धान गरिरहेको छ ।