कुपण्डोलमा धनमाल चोरी

कुपण्डोलमा धनमाल चोरी

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १३, २०७६

ललितपुर । ललितपुर महानगरपालिका–१ कुपण्डोल गुरिसिंगल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–५ फुलटेक्रा घर भएका ३७ वर्षीय गंगालाल चालिसेको कोठाबाट  सुनका तथा चाँदीका गरगहनाहरु समेत गरी ४ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ । 

चोरीमा संलग्न फरार रहेका व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।