अपाङ्ग सङ्घमा आर्थिक अनियमितता !

अपाङ्ग सङ्घमा  आर्थिक अनियमितता !

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १३, २०७६

काठमाडाैं । नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा जोरपाटीमा व्यवस्थापनले आर्थिक अनियमितता गरेको भन्दै छानबिन गर्नुपर्ने माग गरिएको छ । 

अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र सीपमूलक तालीमका लागि ल्याइएको बजेट व्यवस्थापनले आफ्नो परिवारका लागि खर्च गरेको भन्दै नेपाल अपाङ्ग सङ्घ, सङ्घर्ष समितिले आज कार्यालय अगाडि प्रदर्शनसमेत गरेको छ । 
    
सङ्घका नाममा रहेको जग्गामध्येबाट पाँच आना जग्गा निवर्तमान अध्यक्ष मोहन महर्जन नेतृत्वको व्यवस्थापनले कसैलाई जानकारी नदिई बेचेको आरोप लगाउँदै दुई महिनादेखि सङ्घर्ष समितिले कार्यालयमा ताला लगाएको छ । 

समितिका अध्यक्ष नरकुमारी कार्कीले अहिले नै कुनै पनि काम कारवाही अगाडि नबढाउन भनी सर्वोच्च अदालतले दिएको आदेश विपरीत सङ्घको निर्वाचन गरिएकामा आपत्ति जनाउनु भएको छ ।