मगर दिवसः म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा दिने

मगर दिवसः म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा  दिने

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १४, २०७६

तनहुँ । मगर दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष मायादेवी रानालेका अनुसार मगर समुदायको बाक्लो उपस्थिति रहेको सो गाउँपालिकामा मङ्गलबार भएको निर्णयानुसार सार्वजनिक बिदा दिइएको हो । कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था सबै बन्द हुनेछन् । 

विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।  ।