बैतडीमा राष्ट्रपतिः पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने

बैतडीमा राष्ट्रपतिः  पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७६

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणका अवसरमा पाटन नगरपालिकाले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको भ्रमणका अवसरमा उहाँको स्वागतका लागि बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता लोकबहादुर भण्डारीले बताउनुभयो ।

राष्ट्रपति भण्डारी बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण जाँदै हुनुहृन्छ ।

बिहीबार बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने साथै पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्च्यिुटको नवनिर्मित भवन र छात्रावास भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

उहाँलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रमसमेत तय गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।