समय शून्य पनि हुन सक्छ !

समय शून्य पनि हुन सक्छ !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन १७, २०७५

तपाईँ जति छिटो गति गर्नुहुन्छ, तपाईँका लागि समय त्यतिकै सुस्तरी बग्छ । र, तपाईँ जति सुस्तरी गति गर्नुहुन्छ , समय तपाईँका लागि त्यति नै छिट्टै व्यतीत भइदिन्छ । 

समयमो परिभाषा न्युटनकालीन युग पार गरी सापेक्ष युगमा प्रवेश गरेको पुग नपुग सय वर्ष हुन  लाग्यो । 

समय स्थिर पहिला पनि थिएन, साचो अर्थमा कहिल्यै पनि समय स्थिर थिएन । ‘बिग बैंग’ हुनुभन्दा पहिला के थियो, कसैलाई थाहा छैन । तर, यस उपरान्त समय सतत गतिशील रहिआएको छ । 

आइन्सटाइन पूर्व मान्यता थियो– समय सबैका लागि समान रूपले गतिशील छ । महान वैज्ञानिक न्युटनको पनि समयबारे यही धारणा थियो । तर, आइन्सटाइनले यस धारणालाई आफ्नो सिद्धान्तले खण्डित गरे ।

अब समय सबैका लागि फरक–फरक हुन्छ भन्ने वैज्ञानिक मान्यता स्थापित भइसकेको  छ । समय गतिमा निर्भर छ । गति बढी भए समय ‘स्लो’ र गति ‘स्लो’ भए समयको वेग ‘फास्ट’  हुन्छ । 

गतिलाई बढाउँदै यदि तपाईँ प्रकाशको गति बराबरी पुर्याउन सक्नुहुन्छ भने समय ‘स्लो’ मात्रै होइन, शून्य नै हुन सक्छ ।