चितुवाको छाला सहित  तामाङ र कार्की पक्राउ

चितुवाको छाला सहित  तामाङ र कार्की पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७६

ललितपुर । ललितपुर महानगरपालिका -५ लगनखेल बसपार्कबाट संरक्षित वन्यजन्तु चितुवाको छाला ३ थान सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा ओखलढुङ्गा खिचिदेम्बा गाउँपालिका-५ घर भई काठमाडौं महानगरपालिका-६ आरुबारी डेरा गरी बस्ने २६ वर्षीय बिपेन्द्र तामाङ र झापा बारदेश गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने २२ वर्षीय रोशन कार्की रहेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले शंका लागि उनीहरुलाई जाँच गर्ने क्रममा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।