लागूऔषध सहित १८ जना प्रहरी नियन्त्रणमा

लागूऔषध सहित १८ जना प्रहरी नियन्त्रणमा

लोकसंवाद संवाददाता  |  अपराध  |  फाल्गुन १५, २०७६

काठमाडौं । काठमाडौं, सुर्खेत, कपिलवस्तु,उदयपुर र मकवानपुरका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुबाट विभिन्न लागूऔषध तथा लागूऔषध खरिदविक्री गर्न प्रयोग भएको नगद समेत प्रहरीले वरामद गरेको छ ।

काठमाडौंकोटेश्वरबाट अवैध लागूऔषध गाँजा २ केजी र नगद ८ लाख ६४ हजार ७ सय २० रुपैयाँ सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी राजविराज नगरपालिका–७ घर भई हाल कोटेश्वर बस्ने २१ वर्षीय अबिनाश साह,धादिङ घर भई हाल ललितपुर पुल्चोक बस्ने २८ वर्षीया बिन्दु तामाङ र सुनसरी सप्तकोशी घर भई हाल कोटेश्वर बस्ने ३० वर्षीया संगिता यादव रहेका छन् । महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत,बीरेन्द्रनगर नगरपलिका–८ बस्ने राकेश गन्धर्व लगायत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर३ ग्राम २ सय ४० मिलिग्राम, नाइट्रोभेट४५ ट्याव्लेट र नगद ४६ हजार २ सय ९० रुपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । राकेशको घरमा लागूऔषध बिक्रीबितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई लागूऔषध बिक्रीबितरण गरिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु,कृष्णनगर नगरपालिका–२ बाट अवैध लागूऔषध चरेश करिब ७ केजी ५ सय ग्राम सहित शिवराज नगरपालिका–९ बिजौरी बस्ने २६ वर्षीया योजना न्यौपाने समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लिङकबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर,बेलका नगरपालिका–३ चिलिया टप्पु बस्ने २९ वर्षीय श्याम माझी समेत ७ जनालाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर,हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित कैलाश गाउँपालिका–६ भार्ताबस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ ख ५३२नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार स्याङ्वोलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । साथै लागूऔषध नियन्त्रण तथा कारोबारीलाई कानुनी दायरामा ल्याउन प्रहरीले थप सक्रियता अपनाएको छ ।