सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १५, २०७६

काठमाडौं । कास्की, ताप्लेजुङ, बर्दियार सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
कास्की,पोखरा महानगरपालिका–१४ चाउथेस्थित सडकमा ग.१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवारस्याङजा अर्जुन चौपारी–५ आरुचौर घर भई हाल पोखरामहानगरपालिका–१४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने३८ वर्षीय मेघ बहादुर क्षेत्रीकोपश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै सोही मोटरसाइकलले ग.१७ प १८८०नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका–९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिलशर्माको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ताप्लेजुङ,मैवाखोला गाउँपालिका–३ साँघु चारभाईस्थित सडकमा को.३ त ९३ नम्बरको ट्याक्टर सडकबाट १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सह(चालक सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्युभएको छ । दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका–४ बस्ने २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

बर्दिया,ठाकुरबाबा नगरपालिका–२ रानीपुरस्थित सडकमा से.१ च ९६० नम्बरको जिपले भे.८ प ९१७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–८ बस्ने ३२ को निरक शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका–८ मडेला बस्ने ३८ वर्षीय जीवन बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा,कर्जन्हा नगरपालिका–४ स्थित सडकमा बिग्रिएर सडक किनारामा रोकीराखेको ना.३ ख ९०२४ नम्बरकोट्रकमा स.८ प ७७१२नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका–८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका–८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।