आगलागीबाट धनमाल नष्ट

आगलागीबाट  धनमाल  नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन १५, २०७६

काठमाडौं । उदयपुर,त्रियुगा नगरपालिका–११ पिपल चोक बस्ने किरण राईको सगरमाथा डिपार्टमेन्ट स्टोरको चकलेट राखिएको फ्रिजमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा फ्रिज  २ थान तथा फ्रिजमा रहेका विभिन्न चकलेट,कोल्ड ड्रिङक्स लगायतका सामानहरू जलेर करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी,ईनरुवा नगरपालिका–१ बस्ने देवनारायण साहको घरमा बिद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर  पूर्णरुपमा जलेरकरिब ९ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।