चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रचार प्रसारमा जुट्याे
फाल्गुन १५, २०७६

काठमाडाैं । फागुन ३० गते रिलिज मिति तय भएकाे चलचित्र ‘म यस्तो गीत गाउँछु २’लाई लिएर दर्शक ब्यग्र प्रतिक्षामा रहेका छन् । यहि क्रममा यस चलिचत्रका नायक पल शाह र नायीका पूजा शर्मा आज बिहान काठमाण्डौको व्रिलियन्ट कलेजमा पुगेका थिए ।

कलेजमा धेरै विद्यार्थीहरु समक्ष पूजा र पलले चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा नृत्य गर्नुकाे साथ–साथै उनिहरूलाइ कलेजका विद्यार्थी र शिक्षकहरुले भव्य स्वागत गरेका थिए ।

साे कार्यक्रममा बोल्दै नायिका पूजा शर्माले भन्नुभयाे …‘कलेज लाइफमा म पनि बदमास थिएँ । तर, कुन बाटोमा लाग्ने भन्ने उमेर नै यही हो । पढाइसँगै मनोरञ्जन पनि गर्नुहोला।’ साथै नायक पल शाहले यो उमेरले भविष्य बनाउने बताउँदै विद्यार्थीहरुलाई पढ्न र चलचित्र हेरेर मनोरञ्जन लिन पनि आग्रह गर्नुभयाे ।

चलचित्रका निर्देशक सुदर्शन थापाले मानिसको जीवनमा अध्ययनसँगैसँगै कहिलेकाही मनोरञ्जन पनि हुने कुरा व्यक्त गर्नुभएकाे थियाे ।